दिल्लीले यसरी गर्दै छ प्रधानमन्त्री ओलीलाई स्वागत
काठमाडाैं / भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।
उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।
प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए ।
‘पारवहनमा कस्ट अफ इकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवस्था हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ,’ उनले भने ।
नेपालमा करिब दुईतिहाइ बहुमतनजिकको वामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ ।
विगतमा मधेसको सीमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ ।
नयाँ पत्रिकाबाट
