समाचार
प्रचण्डले छाने मन्त्री बन्नेको नाम : बुहारी बिना मगरलाई खानेपानी मन्त्रालय
काठमाडौँ । माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने ५ जनाको नाम तय गरेको छ । प्रचण्डले उनकी बुहारी कंचनपुर, १ की साँसद बिना मगरलाई समेत मन्त्री बनाउने भएका छन् । बिनालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । माओवादीका तर्फबाट बर्षमान पुन उर्जामन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति...
एनसिसी बैंकका १३ कर्मचारी पक्राउ
काठमाडौँ, २ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले...
प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिनुहुने
काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुनेभएको छ । संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ । प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य...
एमालेले छान्यो प्रदिप ज्ञवाली पराराष्ट्र, गोकुल बाँस्कोटा सञ्चार राज्यमन्त्री
काठमाडौँ । नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छनौट गरेको छ । एमालेले गोकर्ण बिष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, प्रदिप ज्ञवालीलाई पराराष्ट्र, जगत विश्वकर्मा युवा तथा खेलकुद,रघुवीर महासेठ भौतिक पुर्वाधार,गोकुल बास्कोटा सूचना तथा सन्चार राज्यमन्त्री बनाउने भएको छ । राज्य मन्त्री भएका बाँस्कोटा लामो समय...
सुरुङ खन्दा पानीको मुहान सुक्यो
बाबियाचौर, म्याग्दी, २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ । बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार...
मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालन
बागलुङ, २ चैत । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झेको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो । जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा...
पञ्चायत आजदेखि देशभर प्रदर्शन
मकवानपुर, २ चैत । प्रदर्शनमा आउनु पूर्व नै निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘पञ्चायत’ आजबाट प्रदर्शनमा आएको छ । वि.सं. २०३१ सालतिरको नेपाली समाजको कथामा आधारित चलचित्रले प्रिमियर र च्यारिटी शोमा दर्शकको माया पाएको थियाये । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’...
कुष्ठरोगी खोजी अभियान
कञ्चनपुर, २ चैत । कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो । चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि गाउँ गाउँ पुगेर कुष्ठरोगी खोजी गर्न एक...
आज ४ बजे मन्त्रीपरिषद् विस्तार हुन्छ : मन्त्री पण्डित
काठमाडौँ । आज संभवत मन्त्रीपरिषद्को विस्तार हुने छ । वातावरण मन्त्री लाल बाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद्को विस्तार गर्न सक्ने बताएका छन् । मन्त्रीपरिषद्लाई आजै पूर्णता दिने गरी प्रधानमन्त्री गृहकार्यमा लागेको मन्त्री पण्डितले बताए । उनका अनुसार, आज ४ बजे मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री लागेका छन्...
लोपोन्मुख नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी
पोखरा, २ चैत । नेपाली लोकसाहित्य समाजबाटै हराउदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागले यसबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने भएको छ । समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउदै राष्ट्रिय एकताको भावना जगाउने भए पनि पछिल्लो समयमा यस्ता साहित्य लोप हुँदैगएका कारण अन्तर्राष्ट्रिय...










