समाचार
माओवादी केन्द्र निकट महिला तथा ट्रेड युनियनको कमिटि गठन
मकवानपुर, ४ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संघ मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमिटि गठन भएको छ । रोजिता लम्साल अध्यक्ष रहने गरि ३३ सदस्यीय कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा नमूना पाण्डे, सचिवमा चमेली सिंजाली, सहसचिवमा अञ्जु थिङ र कोषाध्यक्षमा रिता थिङ रहेका छन्...
हेटौँडामा फुटपाथमा राखिएको सामान हटाउँदै प्रहरी टोली
मकवानपुर, ४ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा आज फुटपाथ हटाइएको छ । निर्देशन विपरित अटेर गर्दै सटरभन्दा बाहिर सामान राख्ने र फुटपाथमा सामान बेच्नेलाई नगर प्रहरी सहितको टोलीले सजग गराउँदै हटाएको त्यस ठाउँमा पुगेका संचारकर्मी दिलबहादुर लामाले तु खबरलाई जानकारी दिएका छन् । यसबारेमा तु खबरलाई जानकारी दिँदै जिल्ला...
मकवानपुरको खोलामा ब्यापाक चलखेल, बिना रसिद १ करोड २० लाख घोटाला
-हरि हुमागाईँ मकवानपुर, ४ चैत । मकवानपुर र चितवनको सिमानामा रहेको लोथर खोलामा तीन वटा एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेरमात्र बिनारसिद एक करोड २० लाख रुपियाँ अवैधानिक तरिकाले रकम संकलन गरेको छ । मकवानपुर र चितवन जिल्ला समन्वय समितिका कर्मचारी, स्थानीय प्रशासनको मिलेमतोमा बिनारसिदको रकममात्र दुई महिनामा...
पत्रकार महासंघ मकवानपुर अध्यक्षको राजीनामा माग, अध्यक्ष भन्छन्–‘मैले पत्रकारको अहित हुने काम गरेको छैन’
मकवानपुर, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईले नैतिकताका...
गणेश लामालाई छुटाउन जब नेपाली काँग्रेसले राँके जुलुस निकाल्यो त्यसपछि…
काभ्रे । नेपाली काँग्रेसले प्रहरीले हतियारसहित पक्राउ गरेको डन गणेश लामालाई छुटाउन आज काभ्रेमा राँके जुलुस निकालेको छ । केही दिनअघिदेखि काँग्रेस काभ्रेले लामालाई छुटाउन सबै शक्तिको प्रयोग गर्दै आइरहेको छ । हिजोमात्रै काँग्रेसले पत्रकार सम्मेलननै गरेर लामालाई सम्मानपूर्वक रिहा गर्न माग गरेको थियो । सो जुलुसलाई रोक्न खोज्दा...
होला त अमेरिका कोरिया वार्ता ?
काठमाडौं, ३ चैत (रासस) : गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभयो । बेइजिङमा आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– उत्तर कोरिया र अमेरिकाले जतिसक्दो चाँडै शान्तिवार्ता...
क्यान्सर अस्पताल भरतपुरका अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास
चितवन, ३ चैत (रासस) : भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुछ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो । सापकोटाका अनुसार स्कुटरमा...
सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने : मन्त्री ज्ञवाली
काठमाडौँ / परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र...
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले ठगी गर्नेहरुलाई ठगान लगाउलान् त ? : यस्तो छ मन्त्री विष्टको योजना
काठमाडौँ । विगतमा उर्जामन्त्री हुँदा सफल भएका मन्त्री गोकर्ण विष्टलाई अहिले श्रम तथा रोजगार मन्त्री बनाइएको छ । दैनिकजसो कामको लागि विदेश भाँसिने युवाले विदेश जाने प्रकृया सुरु गर्दा देखिनै ठगिने गरेका छन् । जसलाई थोरै भएपनि नियन्त्रण गर्न मन्त्री विष्ट सफल हुन्छन् भन्ने अपेक्षा उनले यो मन्त्रालय सम्हालेपछि...
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
धुलिखेल, ३ चैत (रासस) : काभ्रेपलाञ्चोकको बनेपामा आज दिउँसो बनेपा–पनौती सडकखण्डमा मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा२ख ५६७५ नंको मिनीबसले विपरीत दिशाबाट आएको बा७२प ४७८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका...










