मकवानपुरे पत्रकारको उपचार कोषमा २ लाख सहयोग

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १३:२१

मकवानपुर, १३ चैत । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकोे पत्रकार उपचार कोषमा मकवानपुरका उद्योगी नबराज अर्यालले आज दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनका अबसरमा पत्रकार उपचार कोषका लागि हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ न्युरेनी निवासी अर्यालले दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा अर्यालले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा पत्रकार उपचार कोषका संयोजक हरि हुमागाईलाई चेक हस्तान्तरण गरेका थिए । आफ्नो जन्म दिनका अबसरमा अर्यालका बुबा बिस्वनाथ अर्याल, आमा शिबकुमारी अर्याल, ठुली आमा तिलकुमारी अर्याल, ससुरा नारायण प्रसाद भण्डारी, सासु बाल्मीका देबि भण्डारी र ठुली सासु लोकमायाँ भण्डारीको नाममा उनले रकम सहयोग गरेका हुन् ।

उद्योग संघ मकवानपुरका अध्यक्ष समेत रहेका अर्यालले सबैका पिडा बुझेर समाचार लेख्ने पत्रकारहरुका पिडा कसैले पनि बुझ्न नसकेको र उनिहरुका निम्ती सहयोग गर्ने हातहरु पनि कमै मात्र भएको बताए । पत्रकारलाई सहयोग गर्ने कम भएको अवस्थामा आफुले सहयोग गरेको बताउँदै उनले पत्रकारका निम्ती अरु पनि संस्थागत रुपमा समस्या परेमा आफु सदैब सहयोग गर्नका लागि तयार रहेको बताए ।

रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले गम्भिर बिरामी परेपछी पत्रकारहरु काम गर्न पनि नसक्ने र उपचारका लागि बाबु आमा र आफन्त संग माग्नुपर्ने बाध्यता रहेकाले उपचारकोष संचालन गर्ने निणय गरिएको बताए । सबैले गरेको सहयोगबाट रकम कहिले पनि नचलाउने र त्यसको ब्याजबाट मात्र पत्रकार गम्भिर बिरामी परेमा सहयोग गर्ने अध्यक्ष हुमागाईले बताए ।

उद्योगी अर्यालले आफ्नो जन्मदिनका अबसरमा हेटौंडाको मानब सेवा आश्रममा आश्रीतहरुलाई एक छाक खाना समेत खुवाएका छन् । उनले पैसा कमाएर मात्र नहुने भन्दै यस्तो महत्वपुर्ण काम गरेकाहरुलाई सहयोग पु¥याउनका लागि पनि खाना खुवाएको बताए । पत्रकार उपचार कोष महासंघ मकवानपुर शाखासंग आबद्ध भएका आफ्ना सदस्यहरु गम्भीर बिरामी परेमा उपचारको क्रममा सहयोग होस भन्ने उद्देश्यले उपचार कोष स्थापना गर्ने निर्णय यही चैत १० गतेको महासंघको नियमित बैठकले गरेको थियो । मकवानपुरका पत्रकार गम्भीर खालका बिरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्दै आएकाले कोषको स्थापना गरेर रकम सहयोग गर्नका लागि आव्हान गर्ने निणय भएको हो ।

पत्रकार उपचार कोष संकलन गर्नका लागि पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा उपाध्यक्षद्वय कुमार अधिकारी पोष्टराज र सरिता दाहाल तथा सचिव गणेश दर्पण अधिकारी सदस्य रहेका छन् । कोषमा अध्यक्ष हुमागाई र उपाध्यक्ष अधिकारीले बैठकले निणय गरेकै दिनमा आफैले रकम सहयोग गरेर सुरुवात गरेका थिए । आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहेका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने जनाइएको छ । कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*