स्थानीय तहलार्इ दिए लालबाबुले ठूलाे राहत, करारमा कर्मचारी नियुक्त गर्न सक्ने

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १५:१३

काठमाडाैं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि -२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेको छ ।

अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् । जसबाट कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई केही सहज हुने देखिएकाे छ ।

नमूना कार्यविधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ । संगठनको दरबन्दीअनुसार जनशक्ति करारमा लिँदा अपनाउनुपर्ने विधि उक्त कार्यविधिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*