मुम्बईलाई पछि पार्दै ब्वाइज युनियन सेमिफाइनलमा प्रवेश

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १२:५६

–राजु तामाङ
सर्लाही, १३ चैत ।
सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक गोल्ड कप २०७४ अन्तर्गत सोमबार क्वार्टर फाइनलको पहिलो खेलमा स्काई क्रेस्ट ब्वाइज मुम्बईलाई पराजित गर्दै ब्वाइज युनियन क्लब काठमाडौं सेमिफाईनलमा प्रवेश गरेको छ ।

बागमती खेल मैदानमा भएको खेलमा मुम्बईलाई ३–१ गोलले हराउँदै काठमाडाँै सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफ सम्म दुबै टिमले बराबरीमा खेलेता पनि हाफ पछि पाँचौ मिनेटमा मुम्बईले पेनाल्टी सुटको राम्रो अबसर प्राप्त गरेको थियो । सोही अबसरलाई जर्सी नम्बर १० का टङ्कु लामाले गोल गर्न सफल भएका थिए । मुम्बईले १–० को अग्रता लिए सँगै ब्वाइज युनियन निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

खेलको बाह्रौं मिनेटमा ओलाकेजी आरेले १ गोल गर्दै खेललाई बरबरीमा फर्काउन सफल भएका थिए । त्यस्तै लगातार ब्वाइज युनियनले मुम्बईलाई दबाबमा राख्दै खेलको चौतिसौं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै एकै मिनेटको अन्तरमा निशान लिम्बूले गोल गर्दै दोब्बरको अग्रता दिलाएका थिए । अन्तत खेलको नतिजा ब्वाइज युनियनको पोल्टाामा पर्यो । यो जित सँगै ब्वाइज युनियन सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा आज त्रिभुवन आर्मी र आयोजक सर्लाही ११ बीच खेल हुदैछ । मंगलबारको विजेता टिमले सेमिफाइनलमा १५ गते ब्वाइज युनियन सँग खेल्नेछ । खेलको फाइनल खेल भने १७ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख शिल्ड र प्रमाणपत्र र उपविजेताले ३ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*