समाचार

उपभोक्ता अधिकारवादीहरु भाषणमै मस्त, म्याद सकिएका खाद्यान्न मकवानपुरका गाउँ–गाउँमा

मकवानपुर, २ चैत । मकवानपुरको हेटौँडा बजार तथा अन्य स्थानमा रहेका केही होलसेल पसलहरुले म्याद गुज्रिएका सामानहरु ग्रामिण क्षेत्रमा बेच्ने गरेको खुलासा भएको छ । हरेक वर्ष १५ मार्चमा मनाइने विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बिहीबार हेटौडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुराको खुलाशा भएको हो । उद्योग वाणिज्य तथा...

११ वटा बालगृहका २१ व्यवस्थापकलाई अभिमुखीकरण

मकवानपुर, २ चैत । बालगृह सञ्चालन तथा व्यवस्थापन न्युनतम मापदण्डका विषयमा मकवानपुरमा सञ्चालनमा ११ वटा बालगृहका व्यवस्थापक तथा कर्मचारीहरुलाई अभिमुखीकरण गरिएको छ । जिल्लामा संचालनमा रहेका बालगृहका २१ जनालाई अभिमुखीकरण प्रदान गरिएको हो । बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा बालगृह सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा अभिमुखीकरण...

‘आङ खस्ने’ बिरामीका लागि मसिनेमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर, २ चैत । ‘आङ खस्ने’ अर्थात पाठेघर खस्ने सम्बन्धी समस्या भएका महिलाका लागि मनहरी गाउँपालिकाको वडा नम्बर ४ मसिनेमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना हुने भएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेबी, मनकामना, हेडम्बा र हेटौंडाबजारले संयुक्त रुपमा शिबिर सञ्चालन गर्न लागेको हो । हेटौँडाको ४ वटा लायन्स...

प्रदेश नम्बर ३ मा जनप्रतिनिधिको तलब तोकियो, कसको कति तलब ? हेर्नुहोस्

मकवानपुर, २ फागुन । ३ नम्बर प्रदेशको बजेट चैत्र २० गतेसम्म ल्याउने तयारी भएको छ । बिहीबार अबेर सम्पन्न मन्त्रीपरिषद बैठकपछि सरकारले चैत २० गतेभित्र चालु आर्थिक बर्षका लागि बजेट ल्याउने निर्णय गरेको हो । बैठकले हिजोकै मितिबाट सरको प्रवक्ताको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई प्रवक्ताको...

मन्त्रालयको संख्या थप्नेबारे छलफल

काठमाडौँ : मन्त्रिपरषद्को आजको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिनुभयो । विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री...

माअाेवादीले टुंग्यायाे मन्त्री र मन्त्रालय, हेर्नुस् काे–काे मन्त्री बन्दैछन् र कसले कुन मन्त्रालय पाउँदैछन्

काठमाडाैं, नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुई दिन भित्रै सरकार विस्तार गर्ने गरि गृहकार्य अघि बढाएपछि माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्रीको नाम टुङ्गो लगाएको हो । पार्टीको भागमा परेका ७ मध्ये बाँकी ५ जनामा वर्षमान...

यसरी हुँदैछ अब कर्मचारी समायाेजन, सरकारले पारित गर्याे समायोजन नियमावली–२०७४

काठमाडाैं, सरकारले कर्मचारी समायोजन नियमावली–२०७४ पारित गरेकाे छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सामान्य प्रशासन मन्त्रालयले तयार पारेको कर्मचारी समायोजन नियमावली–२०७४ को मस्यौदा लामो समयपछि यही फागुन २८ गते बसेको मन्त्रिपरिषदबाट पारित भएको हो । देशभर रहेका ८६ हजार बढी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय...

उपभोक्ता अधिकारको संरक्षणमा सरकार : प्रधानमन्त्री

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो...

खानेपानी आयोजनाका लागि दुई करोड

मंगलबारे, इलाम, १ चैत । शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको...

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

भक्तपुर, १ चैत । भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।...