तामाङ संचार समुह आज बाट तामाङ पत्रकार संघमा परिणत
काठमाण्डौ १० चैत । नेपाल तामाङ पत्रकार संघको नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । संघको आज भएको ५ औं अधिवेशनले संगठनको नाम समेत परिवर्तन गरी नयाँ कार्यसमिती चयन गरेको हो ।
तामाङ संचार समुहकोको रुपमा रहेको उक्त संगठनलाईं आजको अधिवेशनले तामाङ पत्रकार संघको रुपमा परिणत समेत गरेको छ ।
साथै अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरेको छ । अध्यक्षमा बिष्णु मोक्तान ,उपाध्यक्ष लक्ष्मी रुम्बा ,र सुवास योञ्जन ,महासचिव बुद्ध योञ्जन,सहसचिव पेमा लामा ,लगाएत ३१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।
नयाँ कार्यसमिती चयन पश्चात सपथ ग्रहणको कार्यक्रम पनि भईरहेको हाम्रा सहसम्पादक चन्द्र घलानले जानकारी दिएका छन् ।
