बसको ठक्करले जनम गोलेको ज्यान गयो
मकवानपुर । हेटौंडा, १९ लेवटमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना.६ ख ८८३४ नम्बरको बसले ठक्कर दिँदा ना. ५० प ९९७३ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा, १९ घर भएका वर्ष २८ का जनम गोलेको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चालक र बस दुबै प्रहरीको नियन्त्रणमा छ ।
