दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो, अर्को बाघसँग जुधेको अनुमान

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार १९:३१
फाइल फोटो

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो ।

बाघको टाउको, भूडी, गालामा गम्भीर चोट देखिएको छ । १०÷१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उनको अनुमान छ । राप्ती नदी किनारमा आधा शरीर पानीमा डुवेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए।

अर्को बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*