समाचार
नगरप्रमुखमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ
धनगढी, २९ फागुन । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताउनुभयो । ‘पक्राउ परेकाहरुको...
तस्बिरमा राष्ट्रपति निर्वाचनको झलक
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचन सकिए लगत्तै यो समाचार तयार पार्दासम्म मतगणना चलिरहेको छ । निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् । हेरौँ केही विशेष तस्बिरहरु–
राष्ट्रपति निर्वाचनको मतगणना शुरु, १८ मतदाता अनुपस्थित
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये...
आज ८ न्यायाधीश इजलासमै बसेनन्
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय सम्पादनबाट अलग हुन गरेको आग्रह नमानेको भन्दै आज सर्वोच्चका अरु ८ जना न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । आजका लागि प्रधानन्यायाधीशले तोकेको कुनै पनि इजलासमा ती न्यायाधीश सहभागी भएनन् । गत साउन २१ मै अवकास पाइसकेको पराजुलीसित बसेर न्याय सम्पादन गर्न नसकिएको भन्दै...
सुनचाँदी व्यवसायीको हत्याको विरोधमा बिर्तामोड बन्द
बनियानी, झापा, २९ फागुन । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो । हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी...
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : प्रम ओली
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ । राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत...
घोडाघोडीका मेयरमाथि कसले हान्याे गाेली ? बाेक्सी प्रकरणसंग केहि छ साइनो ?
काठमाडौं / कैलालीस्थित घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी सांघातिक आक्रमणबाट घाइते भएका छन् । सुख्खडमा रहेको उनको घरमै बसिरहेका वेला बेलुकी ८ बजेतिर गोली प्रहार भएपछि उनी गम्भीर घाइते भएका हुन् । आक्रमण गर्नेहरु उनलाई गोली र खुकुरी हानी फरार भएका छन् । अहिले मेयर चौधरीको उपचार भइरहेको छ...
यूएस बंगला विमान दुर्घटना : वरिष्ठ न्यूरो सर्जन, जसलाई बिरामीले कुरिरहेका थिए
– नारायण अधिकारी चितवन, २९ फागुन । सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो हुनुभयो । उहांँमात्र...
राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने
काठमाडौँ, २९ फागुन । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश नं ३ प्रदेशसभामा...
राष्ट्रपति निर्वाचन : हालसम्म पचास प्रतिशत मतदान
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् ।...










