पदमपोखरी गाई काण्ड : उपसभामुख राधिका तामाङ सहितको टोली गृहमन्त्रालयमा
चन्द्र घलान
मकवानपुर, ९ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा मरेको गाई काटेर खाएको विषयले राष्ट्रिय बहसको रुप लिएको छ । गाई काटे झुटो आरोपममा प्रहरीले स्थानीयलाई धमाधम पक्राउ गर्ने र बिचौलियाहरुले समेत लाखाँै रकम मागेर मानसिक तनाव दिन थालेपछि तु खबर डटकमले पहिलो पटक समाचार प्रकाशन गरेको थियो । समाचारको प्रभाव स्वरुप अहिले यो विषय गृह मन्त्रालयसम्म पुगेको हो ।
पछिल्लो पटक प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छिन् । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको हस्ताक्षर सहितको माग पत्र बिहीबार गृहमन्त्री बादल समक्ष पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।
यो पनि पढ्नुहोस्–
गाई काटेको अभियोगले सिङ्गो तामाङ गाउँ त्रासमा, बिचौलीयाहरु लाखौँ ठग्ने दाउमा
पदमपोखरी गाई काण्ड : प्रहरी नै ज्यादतीमा उत्रिएको स्थानीयको आरोप
गाई काटेको अभियोगमा निर्दोष रहेको भन्दै सहयोगको अपिल
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।

गृहमन्त्री समक्ष माग पत्र बुझाउँदै टोली
जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वासन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारका का कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।
गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायतका लगायतको टोली ध्यानकर्षण गराउन पुगेका थिए ।
गाई काटेको अभियोगमा स्थानीयहरु धमाधम समातिन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुले दिएको बयानका आधारमा ३ जनालाई पक्राउ गरेपछि गाउँमा त्रास बढेको हो । त्रसित गाउँलेलाई त्रास देखाएर केही बिचौलियाहरुले लाखौँ लुट्ने योजनाहरु समेत बनाएको सार्वजनिक भएको छ । त्यस्तै प्रहरीले नै ज्यादती गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीहरु आफैले स्थानीयलाई फसाउने खेल खेलिरहेको उनीहरुको आरोप छ ।

गृहमन्त्री समक्ष माग पत्र बुझाउँदै टोली
मंगलबार सर्जिमिनका लागि पुगेका प्रहरीहरुले सम्बन्धित व्यक्तिहरुको नभई बाटोमा जो भेट्यो त्यसैको हस्ताक्षर लिएर फर्किएको समेत उनीहरुले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा गाई काटेको अभियोग लागेकाहरुलाई समेत प्रहरीले कार्यालय परिसरमै यातना दिएर मरेको गाईलाई काटेको भन्ने बयानमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप एक स्थानीयले लगाएका छन् । तर प्रहरी कार्यालय परिसरमै त्यस्तो यातना दिने काम कुनैपनि हालतमा हुन नसक्ने मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले बताएका छन् ।

गृहमन्त्री समक्ष पेश गरिएको माग पत्र
