डिग्निटी एजुकेशनले दियो हेटौंडामा निशुल्क सेमिनार

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १८:४८

मकवानपुर ८ चैत। डिग्निटी एजुकेसन सेन्टर र जापानका विभिन्न जापानी स्कूल, कलेज र विश्वविद्यालयको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा आज एक दिने निशुल्क सेमिनार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानिज भाषा तथा जापान जानको लागि आवश्यक परार्मश जापनिज मार्फत नै दिईएको आयोजक स्रोतले जानकारी दिएको छ ।

जापानको वेस्लीयान युनिभर्सिटी, ह्युमन एकेडेमी, कोकोरो युनिभर्सिटी, नागासाकी कलेज, नागासाकी युनिभर्सिटी अफ फरेन स्टडिज लगायतका दर्जनौँ स्कूल, कलेजहरुले डिग्निटी एजुकेसन सेन्टरसँगको सहकार्यमा सेमिनारको आयोजना भएको डिग्निटी एजुकेशन सेन्टरका संचालक मनोज ढकालले जानकारी दिए ।

२० जना भन्दा बढी प्रशिक्षार्थिको उपस्थिति रहेको सेमिनारमा वेस्लीयान युनिभर्सिटीकी इन्टरनेसनल रिलेसन अफिसर होरिकावा सिओरीको समेत सेमिनारमा उपस्थिति रहेको थियो ।

सेमिनारमा अध्ययन भिषामा जापान जाने प्रक्रिया, अध्ययनका अवसर र चुनौति, डकुमेण्टेसन प्रक्रिया, शैक्षिक संस्थाको फि स्ट्रक्चर लगायतका विषयमा जानकारी दिईएको समेत डिगिनटीका संचालक ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*