किशोरीलाई बलात्कार आरोपमा ट्याङ्कर चालक पक्राउ
तेह्रथुम, ८ चैत । तेह्रथुमको आठराई गाउँपालिकामा एक ट्याङ्कर चालकलाई पक्राउ गरिएको छ । उनलाई एक सुस्त मनस्थितिकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ तेह्रथुममा कार्यरत १९ वर्षीय प्रेम खड्कालाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । खड्काले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा १ क ६६७७ नम्बरको ट्यांकर चलाउँदै आएका थिए ।
उनले मंगलबार साँझ पसलबाट घर फर्कंर्दै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्याइदिने आश्वासन दिएर बलात्कार गरेको आरोप लगाउँदै किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
