राष्ट्रिय सभा सदस्य विडारीको हेटौँडामा स्वागत
हेटौँडा, ७ चैत । मकवानपुर उद्योग वाणिज्य संघले आज राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्वागत गरेको छ ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षातामा भएको कार्यक्रममा जिल्लाको आर्थिक विकासको विषयमा पनि छलफल भएको थियो । अध्यक्ष कटुवालले उद्योग वाणिज्य संघको पछिल्लो वस्तुगत अवस्थाको विषयमा बिडारीलाई अवगत गराएका थिए ।
स्वागत कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो । बिडारी संघका पूर्व कानूनी सल्लाहकार समेत हुन् ।
