मन्त्रीको आदेशमा वैदेशिक राेजगार विभागका १६ कर्मचारीकाे हाजिर रोक्का
काठमाडाैं / श्रम मन्त्री गाेकर्ण विष्टले बैदेशिक रोजगार बिभागका १६ जना कर्मचारीलाई हाजिर गर्न रोकेका छन् ।
गत असाेजमै ती कर्मचारीलार्इ सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरूवा गरेकाे भए पनि शक्ति र चलखेलकाे अाडमा उनीहरू विभागमै हाजिर गरेर बसेका थिए ।
विष्टले तुरून्तै विभागका महानिर्देशकालार्इ निर्देशन दिर्इ हाजिर राेकेका हुन् । गैरकानुनी कमार्इका लागि सबैभन्दा अाकर्षक मानिने भएकै कारण विभागमा ती कर्मचारी अटेर गरेर बस्दै अाएका थिए ।
मन्त्रीकाे अादेशमा कम्प्युटर अधिकृतद्वय डम्बरबहादुर विश्वकर्मा र भवानी थपलिया, नायब सुब्बाहरू लोकेन्द्रबहादुर रावल, कुमारबहादुर कटवाल, रवीन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी, कार्यालय सहयोगीद्वय रञ्जु दाहाल र तुल्सीमान मर्हजनको हाजिर गर्न रोकिएको हो ।
