उपसचिव सुन्दर भट्टराई सहित ३ जना विरुद्ध विशेष अदालतमा अख्तियारको आरोपपत्र दायर

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १७:०७

काठमाण्डौं ७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु पौडेलले सम्बन्धित राजदूतावास, कन्सुलर सेवा विभाग, भिसा, सवारी चालक अनुमतिपत्रसमेत कीर्ते सिर्जना गरी ८५५ जनाको विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।

आयोगले उनीहरूविरुद्ध पाँच लाख चार हजार ८५० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन तथा दफा ९ बमोजिम कैद र जरिवाना हुन माग दाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका लेखापढी व्यवसायी राजु सेढाईले विदेशबाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा आवश्यक कागजात मिलाइदिने शर्तमा नासु पौडेलसँग मिलेमतो गरी नेपालीकरण गराउने बहानामा सेवाग्राहीसँग  ८० हजार रुपैयाँ घूस रकम लिई घूस लेनदेन कार्यमा मतियारको भूमिका निभाएकाले उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी र सोहीअनुसार कैद जरिवाना मागदाबी लिई आरोपपत्र दायर गरिएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*