हेटौँडामा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो
हेटौँडा, ७ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मोडमा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
ना.७ ख ४६८ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय मोहन क्षेत्रीको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।
