भुकम्प पीडितलाई पुननिर्माण प्राधिकरणले थप एकलाख नदिने , कहाँ गयो देउवा सरकारको घोषणा ?
काडमाण्डौं ६ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प पीडितका लागि देउवा सरकारले दिने घोषणा गरेको थप एक लाख दिन नसक्ने बताएको छ । भुकम्प पीडितका लागि ३ लाख मात्र दिने आधिकारीक निर्णय भएकोले थप एकलाख पीडितहरुलाई दिन नसकिने प्राधिकरणको भनाई छ ।
निर्माण सामाग्री महँगी, तथा कामदार अभाव जस्ता कारणले गर्दा ३ लाखले घर बनाउन अपुग हुन्छ भन्ने भुकम्प पीडितहरुको गुनासो आएको भन्दै देउवा सरकारले थप एकलाख दिने घोषणा गरेको थियो ।
तर प्राधिकरणले भने यस बिषयमा मिडिया मार्फत मात्रै जानकारी भएको तर आधिकारीक निर्णयको भने नरहेको बताउँदै आएको छ ।
पीडितहरुका लागि थप एक लाख गरी ४ लाख दिने भनिएपनि अन्तत पीडितहरुले ३ लाखमात्र पाउने लगभग पक्का देखिएको छ ।
प्राधिकरणका प्रवक्ता प्रेमलाल भुसालका अनुसार भुकम्प पीडितका लागि थप एकलाख दिने निर्णय आधिकारीक तवरले निर्णय भएको छैन । उनले प्राधिकरणले ३ दाख मात्र दिन सक्ने भन्दै ३ लाखकै बजेटमा घर बनाउन समेत भुकम्प पीडितहरुलाई आग्रह समेत गरे ।
