समाचार
तामाङ सञ्चार समूह मकवानपुरको अधिवेशन फागुन २६ गते, अध्यक्षका लागि ४ जनाको चर्चा
मकवानपुर, २४ फागुन । मकवानपुरमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको संगठन तामाङ सञ्चार समूह मकवानपुरको शाखाको दोस्रो अधिवेशन यही फागुन २६ गते शनिबार हुने भएको छ । नेपाल पत्रकार महासंघको सभाहल हेटौँडामा बिहान ११ बजेबाट हुने अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्ने तामाङ सञ्चार समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानले जानकारी...
प्रदेश ३ मा फाष्ट ट्रयाकबाट यसरी बन्दैछ कानुन
मकवानपुर, २४ फागुन । मन्त्रिपरिषद्ले पूर्णता पाएको एक साता भित्रै प्रदेश सरकारले ‘फाष्ट्रयाक’मा विभिन्न कानून निर्माण गर्नका लागि विधायक मस्यौदा बनाएको छ । कानून निर्माण नहुँदा प्रदेशसभाको विजनेश र मन्त्रालयले विकास निर्माणका कार्य अघि बढाउन बाधा पुगेपछि प्रदेश सरकारले कानून निर्माणलाई तीब्रता दिँदै फाष्ट्रयाक अबलम्बन गरेको हो । मन्त्रिपरिषद्को...
‘पञ्चायत’ को च्यारिटी शोमा उर्लिए दर्शक, यसकारणले हेर्नैपर्छ ‘पञ्चायत’
-चन्द्र घलान मकवानपुर, २४ फागुन । विदेशमा समेत अवार्ड जितिसकेको नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को च्यारिटी शो हेर्न हेटौँडाका दर्शकहरु ओम्याक्स हलमा उर्लिएका छन् । मकवानपुर जागरण अभियानले सामाजिक कार्यमा सहयोग गर्ने उदेश्य सहित चलचित्रको च्यारिटी शो गरेको हो । हेटौँडा मुभि मेकर र कलावती फिल्म्सको प्रस्तुति रहेको चलचित्र...
‘मह शत्रु गते यात्रा’ हेटौँडाबाट सुरु, प्रेम र परिवारको कथा
-चन्द्र घलान मकवानपुर, २४ फागुन । गीत र ट्रेलरबाटै चर्चा कमाएको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोलीले फागुन २३ गते हेटौँडामा कन्सर्ट गर्दै ‘मह शत्रु गते यात्रा’ को आरम्भ गरेका छन् । फागुन ३० गतेसम्म देश दौडाहा गरेर चलचित्रको प्रमोशनमा लाग्ने योजना सहित अगाडि बढेको चलचित्र टोलीले कन्सर्ट...
“प्रदेश नं २ लाई सुशासन र समृद्धिको प्रदेश बनाउँछु”– मुख्यमन्त्री
काठमाडौँ, २३ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो...
प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना
पोखरा, २३ फागुन । खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक...
प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास...
प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त
धनगढी, २३ फागुन । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ । अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आउनुभएको छ । नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहनुभएका ४६ वर्षीय...
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी
भक्तपुर, २३ फागुन । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला...
सारथीको आयोजनामा नेतृत्व विकास कार्यक्रम
मकवानपुर २३ फागुन । मकवानपुरको हेटौंडा १८ हर्नामाणीमा रहेको गोरक्षेस्वर माध्यामिक विद्यालयमा आज बुधबार सामुदायिक सारथीको आयोजना तथा इक्वेल एक्सेस नेपालको सहयोगमा विद्यालय स्तरीय लघुनाटक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारि आयोजिना गरीएको कार्यक्रममा विध्यालयका विद्यार्थीहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासका लागि विभिन्न...










