कानुनमन्नी तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै भने : न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउँछु

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार ०७:३५

कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन्।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्रीका रुपमा आफूले गर्ने १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने भनेका हुन्।

तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिव देखि न्यायाधीश सम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘वडा अध्यक्ष देखि मुख्य सचिव र न्यायाधीशसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने वा परिमार्जन गर्ने पहल गर्छु,’ उनले भने।

उनले पत्रकारभेटघाटमा सार्वजनिक गरेको १६ बुँदे कार्यक्रमको १२ नम्बर बुँदामा न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने कुरा उल्लेख छ।

‘न्यायाधीशहरुको आचरण कायम राख्न न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन गर्ने लगायतका उपायहरुको अध्ययन गरी कानून परिमार्जनग गरिने छ।न्यायाधीशहरुको आचारसंहिताको पूर्ण कार्यान्वयनको सुनिश्चितताको लागि आवश्यक कार्य गरिने छ,’ कानुनमन्त्रीको १६ वुँदे कार्यक्रममा उल्लेख छ।

अहिलेसम्म न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन छैन। तर न्यायाधीशमा नियुक्त भएको ६० दिनभित्र सम्पत्तिविवरण बुझाउनु पर्ने कानुन भने छ।

उक्त कार्यक्रममा कानुनमन्त्री तामाङले आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छन्। उनले आफुसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको उल्लेख गरेको सेतोपाटीमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*