दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र ३, शनिबार १८:२०

धुलिखेल, ३ चैत (रासस) : काभ्रेपलाञ्चोकको बनेपामा आज दिउँसो बनेपा–पनौती सडकखण्डमा मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा२ख ५६७५ नंको मिनीबसले विपरीत दिशाबाट आएको बा७२प ४७८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरीका अनुसार गाडी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालक बनेपा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*