ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै महानगरपालिका

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १३:४२

पोखरा, २ चैत । पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत हरेक दुई महिनामा प्रत्येक वडामा चिकित्सकसहितको टोलीले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गर्नेछ,” उहाँले भन्नुभयो, “महानगरभित्र ६० वर्ष उमेर पूरा गरेका ज्ेयष्ठ नागरिकको संख्या ३६ हजार छ भने ७० वर्ष माथिकाको संख्या १३ हजार छ ।”

कार्यक्रमअन्तर्गत बिरामी परीक्षण एवं उपचार, स्वस्थ्य जीवनशैली सम्बन्धी परामर्श, थप उपचारका लागि प्रेषणका साथै यसका लागि सम्बन्धित वडा कार्यालय, ज्येष्ठ नागरिक सम्बद्ध संघ संस्था तथा निजी र सरकारी अस्पतालसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

यही चैत ४ गते वडा नं १९ बाट शुरु गरिने र अन्य वडाका लागि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी मिति र सयम तय गरिने महानगरपालिकाले जनाएको छ । कार्यक्रमसँगै ज्येष्ठ नगारिकको स्वास्थ्यस्थिति र जीवनको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको प्रमुख जिसीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*