‘अधिकार लागु गराउने ठाउँमै महिला छन्’–मन्त्री दुलाल

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १४:४९

मकवानपुर, २ चैत । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले महिलाहरु अधिकार माग गर्ने भन्दा पनि अधिकार लागु गर्ने तहमा सरकारमा रहेका बताएका छन् । मकवानपुर महिला समूहले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उनले महिलाहरु अधिकार लागु गर्ने स्थानमै भएको दाबी गरेका हुन् ।

उनले प्रदेश नम्बर ३ मा लैङ्गिक समावेशी र समानताको सरकार बन्ने दुलालले दाबी गरे । मकवानपुर महिला समूहको आयोजना तथा एक्सन एडको सहकार्यमा सुरु भएको ‘संघीयतामा लैङ्गिक उत्तरदायित्व सार्वजानिक सेवा’ विषयक कार्यशाला कार्यक्रममा उनले हिजो दिनमाभन्दा महिलाहरुको स्थिति राम्रो भएको बताए । महिलाहरुले ‘म महिला हु’ भन्ने मानसिकताबाट निस्किएर अलि फरक ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले महिला जनप्रतिनिधि भए पश्चात अप्ठ्यारो भएको महशुस गरेको अनुभव सुनाईन् । बिहानै हिँडे पछि बेलुका मात्र घर फर्कनु पर्ने अवस्था रहेको छ । अझ वडा महिला सदस्यलाई धेरै गारो हुने उनको दाबी छ । विकासको काम र जनताको काममा व्यस्त हुने जनप्रतिनिधिहरुलाई समस्या रहेको उनले बताईन् ।

कार्यक्रममा हेटौडानगरका उपमेयर मिना लामा, महिला तथा बालबालिका कार्यालयका प्रमुख विष्णुकुमारी लामिछाने, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख हरिप्रसाद भट्ट, महिला अधिकार मञ्च केन्द्रिय अध्यक्ष बिमला घिमिरे, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतले आफ्नो भनाइ राखेका थिए ।

२ दिन चल्ने कार्यशालामा मकवानपुर सहित चितवन, बारा र पर्साका स्थानीय तहका महिला सदस्य तथा उपमेयर र उपाध्यक्षहरुको सहभागिता रहेको छ । मकवानपुर महिला समूहका अध्यक्ष ईश्वरी बानियाँको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*