पञ्चायत आजदेखि देशभर प्रदर्शन
मकवानपुर, २ चैत । प्रदर्शनमा आउनु पूर्व नै निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘पञ्चायत’ आजबाट प्रदर्शनमा आएको छ । वि.सं. २०३१ सालतिरको नेपाली समाजको कथामा आधारित चलचित्रले प्रिमियर र च्यारिटी शोमा दर्शकको माया पाएको थियाये ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा समेत यो चलचित्रले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र नायिका निता ढुंगानाले उत्कृष्ट अभिनेत्री विधामा पुरस्कार जित्न सफल भएको थियो । केहीदिन अगाडी पुर्ब प्रधानमन्त्री एबं चर्चित नेताहरुमाझ गरीएको बिशेष प्रिमियरबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । चलचित्र हेरेर निस्केका सबै जसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रसंसा गरेका थिए । त्यस्तै हेटौँडामा मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारिटी शोमा समेत दर्शकको मन जित्न सफल भएको थियो । चलचित्रको कथा बस्तु र सरोज खनाल र नीता ढुंगानाको अभिनयको सबैले तारिफ गरेका थिए ।
चलचित्रमा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ । त्यस्तै यचलचित्रमा सरोज खनाल ,निता ढुङ्गाना, रुपा राना ,गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला,राजु बाबु श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् ।
सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
