विराट काेहलीलार्इ पारसले यसरी गरे विस्थापित !
काठमाडाैं / एेतिहासिक रूपमा नेपालले पाएकाे सफलतासँगै सिंगाे देशमा उमंग छाएकाे छ । याे उमंग नेपालमा मात्र हाेइन, क्रिकेटकाे अाधिकारिक निकाय अार्इसिसीमा पनि छाएकाे रहेछ ।
नेपालले पहिलाेपटक एकदिवसीय मान्यता पाएकाे खुसीमा अार्इसिसीले अाफ्नाे अाधिकारिक ट्वीटर र फेसबुककाे कभर नै परिवर्तन गरेकाे छ । उसले भारतीय कप्तान विराट काेहलीकाे फाेटाे हटाएर नेपाली कप्तान पारस खड्काकाे फाेटाेलार्इ कभर बनाएकाे छ ।
प्ले अफमा नेपालले पपुवान्युगिनीलाई हराएरपछि नेपालले याे सफलता पाएकाे हाे । नेपाली क्रिकेट इतिहासमै एउटा सुनौलो अक्षरले लेखिएको इतिहासकाे सक्षी अार्इसिसी पनि बनेकाे छ ।
नेपालले पाएकाे याे खुसीमा सन्दीप लामिछानेलार्इ अनुबन्धित गरेकाे अार्इपिएलकाे टाेली दिल्ली डेयरडेभिल्स पनि सम्मिलित भएकाे छ । उसले पनि नेपाललार्इ बधार्इ दिएकाे छ ।
