समाचार
कर्मचारी चाहियो भनेर जानकारी गराउँदा केन्द्रले गर्यो बेवास्था -मुख्यमन्त्री पौडेल
नुवाकोट, १९ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताउनु भएको छ । जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन...
गृहमन्त्रीद्वारा अनुसन्धान विभागको निरीक्षण
काठमाडौँ, १९ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताउनुभएको छ । विभागको आज निरीक्षण गर्नुहुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गर्नुभयो ।...
किन पिरोलियो प्रदेश नं ३ ?
काठमाडौँ, १९ फागुन । संविधानले तीन तहको सरकार रहने व्यवस्था गरेअनुरुप कार्यान्वयनमा ल्याएको संघीयता कानूनको अभावमा प्रभावकारी बन्न सकेको छैन । कर्मचारी तहमा रहेको केन्द्रीकृत कार्यशैली र संघीय संयन्त्रले स्पष्ट निर्देशन नदिँदा प्रदेश सरकार प्रभावकारी हुन नसकेको र जनअपेक्षाअनुसार परिवर्तनको महसुस गराउन नसकिएको हो । प्रदेश सरकारका कतिपय कार्यालयको...
६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
लहान, १९ फागुन । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्ष ०७४/७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग...
प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही हुने
भक्तपुर, १९ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताउनुभएको छ । भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । मन्त्री...
राजश्व असुलीमा कडाइ गर्न निर्देशन
काठमाडौँ, १९ फागुन । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिनुभएको छ । चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभए पछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिनुभएको हो । भन्सार विभागका अनुसार...
राष्ट्रिय सरसफाइ वर्ष घोषणा हुनुपर्ने माग
काठमाडौँ, १९ फागुन । वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर अभियान शुरु गरेका छन् । सरसफाइ वर्ष घोषणा हुनुपर्नेमा सहमति जनाउँदै पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व...
“सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
सुर्खेत, १९ फागुन । कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...
युवाको प्रयासले गाउँ बन्यो नशामुक्त
कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ । दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो । गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति...
विवाह दर्ता र नागरिकता नभएको कारण पाइनन् सेवा सुविधा
महोत्तरी, १९ फागुन । विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ । घरका अभिभावकले आवश्यक...









