राष्ट्रपति विद्या भण्डारीकाे सपथ संवैधानिक कि असंवैधानिक ?
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । तर, उनकाे सपथ विवादमा परेकाे छ ।
राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकाले विवाद उत्पन्न भएकाे हाे ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ । पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।
न्यायपरिषद्ले दिएकाे पत्र बुझ्न अस्वीकार गरेकाले पराजुली प्रधानन्यायाधीश नै रहेका ठानी राष्ट्रपतिले सपथ लिएकाे स्राेतकाे दावी छ ।
