समाचार
समाजसेवीले गरे स्वास्थ्य चौकीलाई जग्गा दान
इलाम, १९ फागुन । रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक एक रोपनी जग्गा दान गरेको वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । सो...
राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाडौँ, १९ फागुन । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ । रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं...
स्वेच्छिक अवकाश लिन जिल्लाका २७ कर्मचारीले दिए आवेदन
रसुवा, १९ फागुन । जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् । प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र अनाङ्कित प्रथम तहका दुई, द्वितीय तहका दुई एवं तृतीय श्रेणीका एक र श्रेणीविहीन १८ जना छन् । आवेदन दिनेमा...
राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा
संखुवासभा, १९ फागुन । यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभाका...
पदमपोखरी झडपमा संलग्न ११ जनालाई सार्वजनिक मुद्धा
मकवानपुर, १९ फागुन । फागुन १७ गते राति पदमपोखरीमा भएको झडपका क्रममा सामुदायिक प्रहरी सेवा उप केन्द्र बनस्पती तोडफोड गर्ने ११ जनालाई पक्राउ गरि सार्वजनिक मुद्धा लगाउने तयारी भएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३० को निर बहादुर मोक्तान, वर्ष ३० को जंगे लोप्चन,...
सरकार जनताप्रति उत्तरदायी हुन्छ –प्रम ओली
काठमाण्डौ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताएका छन् । आज शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पुर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताए । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका...
स्वस्थ माछामासु व्यवसायका लागि मकवानपुरमा पहल शुरु
मकवानपुर, १८ फागुन । माछामासु व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई व्यवस्थित बनाउनका लागि मकवानपुरमा पहल शुरु भएको छ । हेटौँडा मासु व्यवसायी संघले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएर स्वस्थ माछामासु व्यवसायका लागि पहल शुरु गरेका हुन् । संघले पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा रहेका व्यवसायीहरुलाई शुक्रबार प्रशिक्षण दिएको छ । व्यवसायको प्रवद्र्धन...
माओवादी बकैयामा गौतमको नेतृत्वमा ४५ सदस्यीय समिति चयन
मकवानपुर, १८ फागुन । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाको सम्मेलनले लोकनाथ गौतम अध्यक्ष रहने गरि ४५ सदस्यीय समििित गठन भएको छ । शुक्रबार बिहान बकैयाको महेन्द्र उच्च मावि छतिवनमा भएको सम्मेलन नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्ञानकुमार थोकर, पर्शुराम गौतम, रामहरी गौतम, भक्तबहादुर खत्री र सिर्जना...
फापरबारीमा लाग्ने रामनवमी मेला अब ५ दिने महोत्सव
मकवानपुर, १७ फागुन । हरेक वर्ष राम नवमीको अवसरमा पूर्वी मकवानपुरको फापरबारीमा लाग्ने गरेको रामनवमी मेला यो वर्षदेखि महोत्सवका रुपमा परिणत हुने भएको छ । यस अघि ३ दिनमात्र लाग्ने गरेको मेला अब ५ दिने महोत्सवका रुपमा आयोजना हुन थालेको आज हेटौँडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।...
३ दर्जन कविहरु ईन्द्रसरोवरमा भेला, डुङ्गामा दिप प्रज्वलन र कविता वाचन हुँदै
मकवानपुर, १८ फागनु । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउपालिकामा आज ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ हुँदै छ । आज साँझ ६ बजेदेखि शुरु हुने भनिएको उक्त काव्य उत्सवको एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले केही समयपछि उद्घाटन गर्नुहुने छ । मुलुककै सबैभन्दा ठुलो मावनिर्मित ताल इन्द्रसरोवरको प्रचारप्रसार गर्न काव्य उत्सव...









