विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य सार्वजनिक, यस्ताे रहेछ कारण…
५० जनाको ज्यान जाने गरी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य बाहिर अाएकाे छ ।
विमानका पाइलट अबिद सुल्तान जीवित रहेको जानकारी ढाकास्थित कम्पनीको कार्यालयले दिएको छ । साेही कार्यालयबाट गाेप्य रूपमा प्राप्त सुचनालार्इ अाधार मानी विभिन्न सञ्चारमाध्यमले दुर्घटनाकाे कारणसम्बन्धी नयाँ तथ्य बाहिर ल्याएका हुन् ।
सञ्चारमाध्यमहरूमा दुर्घटना हुनुको खासकारण रूपमा लगातारकाे उडानलार्इ लिइएकाे छ । पाइलट सुल्तानले बिना आराम क्यानडाबाट लगातार १६ घण्टा उठान भरेलगत्तै पुनः ढाकाबाट काठमाडौँ लागि उडेका थिए । लगातारकाे कामका कारण उत्पन्न थकान र त्यसबाट निर्णय क्षमतामा अाएकाे ह्रासलार्इ मुख्य कारण भनिएकाे छ ।
ढाकाबाट प्रसारित विवरणमा पाइलट सुल्तानलाई कम्पनीले ४ वटा लगातार उडान भर्ने दायित्व सुम्पेको थियो । बीचमा आरामको समय नपाएकाले पाइलट थकित थिए र निर्णय क्षमतामा पनि कमी अाएकाे थियाे ।
साेही कारण उनले त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरूको सम्बादबाट पाइलटले टावरको निर्देशनका बाबजूद बाटो बिराएको प्रारम्भिक अनुमान गरिएको छ ।
-कान्तिपुर लाइभबाट
