समाचार

सिरिया नरसंहारको विरोधमा र्याली

सप्तरी, १७ फागुन । सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ । राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन,...

रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

– लक्ष्मी गारु भक्तपुर, १७ फागुन । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने...

आज फागु पूर्णिमा, प्रेम र रङको पर्व

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही...

प्रदेश नम्बर ३ को बैठकद्वारा ४ निर्णय पारित

मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठक बुधबार साँझ भएको छ । बैठकले ४ वटा निर्णयहरु गरेको छ । आज नियुक्त भएका ४ मन्त्रीहरुको शपथ ग्रहण गरेसँगै भएको बैठकले ४ वटा निर्णयहरु गरेको हो । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सात सदस्यीय मन्त्रीपरिषद बैठकले कानुन मस्यौदा...

बकैया गाउँपालिकाको जोखिम अवस्थाको तथ्याङ्क लिन २१ जना सहजकर्ता परिचालन

–शिव चौलागाईं मकवानपुर, १६ फागुन । मकवानपुरको बकैया गाउँपालिकाको जोखिमको अवस्थाको तथ्याङ्क लिनका लागि २१ जना सहजकर्ता परिचलान गरिएको छ । गाउँपालिकाको हरेक क्षेत्रको जोखिमको अवस्था विश्लेषण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तर्जुमाका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । तथ्याङ्क...

पूर्व गृह राज्यमन्त्री बानियाँले दिए डेढ लाखको छात्रवृत्ति

मकवानपुर, १६ फागुन । आफ्ना स्वर्गीय पिताको स्मृतिमा मकवानपुरका एक नेताले डेढ लाख बराबरको छात्रवृत्ति रकम सहयोग गरेका छन् । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार आफ्ना स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा निर्मल उच्च माध्यमिक विद्यालय बस्तीपुरमा सहयोग...

प्रदेश नम्बर ३ मा ४ मन्त्री थपिए, सकियो सपथ ग्रहण

-चन्द्र घलान मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ को मन्त्री परिषद विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज ४ जना मन्त्री नियुक्त गर्दै दोस्रो पटक मन्त्री परिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री पौडेलले नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल शरदलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै...

च्याउखेती गर्न किसानलाई प्राविधिक ज्ञानको कमी

ललितपुर, १६ फागनु । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताउनुभयो । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या...

माईती नेपालद्वारा ३६ हजार जना जोखिममा परेकाको उद्वार

मकवानपुर, १६ फागुन । माईती नेपालले हालसम्म ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्वार गरेको जनाएको छ । माईती नेपालको २५ औँ वार्षिक उत्सव तथा मेची महाकाली जनचेतना अभियानको समापनको अवसरमा आज हेटौँडामा भएको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । संस्थाले जोखिममा परेका महिला र...

सडक पूर्वाधारसँगै विकासको बाटो खोतल्दैछ गाउँपालिका

पोखरा, १६ फागुन । नयाँ संघीय संरचनाअनुसार नवनिर्वाचित जनप्रतिनिधिले यतिखेर गाउँपालिकाको सेवा केन्द्रसंग जोड्न सडकको स्तरोन्नतिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । आवश्यक पूर्वाधार बिना नै ठूलो क्षेत्रफल समेट्ने गरी बनाइएका संरचनाका कारण सर्वसाधारणले प्राप्त गर्ने सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिकाका जनप्रतिनिधिले सडकको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा पारेका हुन् । गाउँपालिकाको...