समाचार

आरक्ष वरिपरिका वासिन्दा मृत्युसँग जुध्दै

लहान, १६ फागुन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो । दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखियालाई हात्तीले आक्रमण गर्दा दुबै जनाको मृत्युभयो...

सरकारी अस्पतालको आफ्नै फार्मेसी सेवा विस्तार

चितवन १६ फागुन, । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफँैले फार्मेसी सञ्चालनमा ल्याएको थियो । बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो...

रंगशालाका लागि हाल सम्मकै धेरै बजेट

दाङ, १६ फागुन । बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ...

सेनाद्वारा गरियो ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ, १६ फागुन । नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो । राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर...

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

तेह्रथुम, १६ फागुन । फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गर्नुभएको छ । विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । उहाँले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गर्नुभएको...

चौबीस हजारले गरे स्वास्थ्य बीमा

बागलुङ, १६ फागुन । दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क...

पोषण सम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुर, १६ फागुन । पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि यहाँ अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी,...

चौरी गोठले बनायो करोडपति

मनाङ, १६ फागुन । नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका...

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

भोजपुर, १६ फागुन । गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले...

आगो ताप्ने क्रममा शरीरमा सल्केर महिलाको मृत्यु

मंगलबारे, इलाम, १६ फागुन । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ । मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा...