समाचार

नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

भक्तपुर, १५ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो । उहाँका अनुसार आगामी वैशाख...

अझै दयनीय छ आदिवासी कोच महिलाको अवस्था

काँकडभिट्टा, १५ फागुन । मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् । आदिवासी कोच महिलाको पहुँच वृद्धि र अधिकार सम्पन्न बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ । संवाद...

आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता

रत्ननगर, चितवन, १५ फागुन । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिनुभयो । उहाँका...

आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई दियो जुकाको औषधी

बाबियाचौर, म्याग्दी, १५ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ९अल्वेण्डाजोल०को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा...

ज्योति माद्यमिक विद्यालय : अध्यक्ष रम्तेलको चुनौतीपूर्ण योजना

मकवानपुर । ज्योति माद्यमिक विद्यालय हर्नामाडी सुधारको कार्ययोजना बनाएर विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भएका हर्क रम्तेलले क्रमशः विद्यालय सुधारको काम अघि बढेको बताएका छन् । दुषित वातावरण र अस्तव्यस्त प्रशासनलाई क्रमैसँग सुधार गर्दै उनले विद्यालयलाई थप राम्रो बनाउने काम अघि बढाएको बताए । तु खबरसँग कुराकानी गर्दै रम्तेलले अतिरिक्त...

आलिताल र परशुरामको आम्दानीको प्रमुख स्रोत दूध

डडेल्धुरा, १५ फागुन । परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । कृषकले उन्नत जातका गाईभैँसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र...

प्रदेशको राजधानी जोड्ने सडकको स्तरोन्नति

फलेवास, पर्वत, १५ फागुन । दक्षिण पर्वत र दक्षिण बागलुङलार्ई प्रदेश नं ४ को राजधानी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पर्यटकीय नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा भित्र्याउन र स्थानीय बासिन्दालाई पोखरासम्म छिटैसहज रुपमा यात्रा गराउने उद्देश्यले सडक स्तरोन्नति गर्न लागिएको हो । छिमेकी...

सवारी दुर्घटनामा परि छ महिनामा १०५ ले ज्यान गुमाए

काठमाडौँ, १५ फागुन । काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका...

रहेनन् स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी उपाध्याय

दाङ, १५ फागुन । स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षका उमेरमा सोमबार निधन भएको छ । तुलसीपुर–१२, कचिला निवासी उपाध्याय काँग्रेसका पुराना निष्ठावान् नेता हुनुहुन्थ्यो । उपाध्यायले पञ्चायतकालमा १८ वर्षसम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । वनगाउँस्थित माध्यमिक विद्यालयलाई १८ बिघा...

विषदीयु्रक्त वस्तु रोक्न सीमामै जाँच्न निर्देशन

काँकडभिट्टा, १५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उहाँले निर्देशन दिनुभएको हो...