ओलीलाई २०८ को विश्वास, ६० विपक्षमा
काठमाडौँ । नेपालका ६२ औँ प्रधानमन्त्री केपी ओलीले आज सँसदमा विश्वासको मत लिएका छन् । ओलीको पक्षमा २ सय ८ साँसदले विश्वासको मत जाहेर
गरेका छन् भने ६० जना विपक्षमा मत दिएका छन् । उनले आज बसेको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएका थिए ।
गत फागुन ३ मा राष्ट्रपति विद्यादेवि भण्डारीबाट ओली नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीको नियुक्ति सपथ भन्दा पहिलेनै भएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट समेत दायर भएको छ ।
