हेटौँडामा नक्कली प्रहरी पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार १८:२५

मकवानपुर, २७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । हेटौँडा ३ बस्ने समिर तामाङ भन्ने वर्ष २६ को कुमार सुनारलाई नक्कली प्रहरी बनि ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर २२ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोक बस्ने लिला कठायतले वि.सं. २०७४ पुस ३ गते मोबाईल हराएको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । त्यसै समयमा सुनारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सिभिल प्रहरी भन्दै मोबाईल चोरलाई पक्राउ गर्छु भनि ७ हजार ५ सय ठगेर फरार भएको प्रहरीले जनाएको छ ।

सुनारले सिभिल प्रहरी भन्दै फोन गरेर मोबाईल चोर्ने चोर फेला परेको तर उसले अरुलाई नै ७ हजारमा बेचिसकेको भन्दै कठायतसँग ७ हजार माग गरि चोर पक्रेर ल्याउँछु भन्दै रकम ठगेर फरार भएका थिए । हाल उनीमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*