समाचार
तीर्थयात्री भवन बनाउन रु पचास लाखको सहयोग
बाबियाचौर, म्याग्दी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले रु ५० लाख सहयोग गर्नुभएको छ । काठमाडौँको होटल ¥याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको रु ५० लाख सहयोगमा गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माण हुन लागेको छ ।...
मुख्यमन्त्री पौडेलद्वारा धरान–चतरा सडकको निरिक्षण
मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको निरिक्षण गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि शुरु हुने बकैया महोत्सवको लागि सो क्षेत्रमा पुगेका मुख्यमन्त्री पौडेलसहितको टोलीले आयोजनाको निरिक्षण गरेकाहुन् । उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । मुख्यमन्त्री पौडेलसँगै...
हेटौंडाबाट प्रदेश राजधानी सारेरै छाड्ने खेलमा मन्त्री स्थापित
–चन्द्र घलान मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका मन्त्री केशव स्थापितलाई हठी स्वभावको नेताका रुपमा नेता, कार्यकर्ता र जनताले चिन्छन् । उनै स्थापितले हठ नगरेका भए काठमाडौँमा घर भत्काएर सडक निर्माण हुने थिएन । तिनै स्थापितले हेटौँडामा २५ मिटर सडक फराकिलो पार्छन्...
आज प्रदेश ३ को मन्त्रिपरिषद बिस्तार हुने, मुख्यमन्त्रीलाई प्रधानमन्त्री र प्रदेश संयोजकको कडा दबाव
मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा आज बुधबार मन्त्रीपरिषद बिस्तार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ । यस अघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा...
आजदेखि बकैया महोत्सव शुरु, मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने
मकवानपुर, १६ फागुन । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि प्रथम बकैया महोत्सव शुरु हुनेभएको छ । महोत्सवको प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन् बुद्ध युवा क्लब हात्तिसुँडे र सहयात्री बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा हुने कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न सांसद तथा पार्टीका नेताहरुको समेत सहभागीता...
होलीको अवसरमा पदमपोखरीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने
–चन्द्र घलान पदमपोखरी, १५ फागुन । यही फागुन १७ गते परेको फागुपूर्णिमा होलीको अवसरमा मकवापनुरको पदमपोखरीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी, बाँडाचौरमा लाईभ म्यूजिक, नृत्य र ब्याण्ड पर्फोमेन्स सहितको कार्यक्रम गर्नका लागि तयारी गरिएको कार्यक्रम संयोजक सुशन रुम्बाले जानकारी दिए...
बकैयामा माझी समुदायले मनाए लदी पर्व, सार्वजनिक बिदाको माग
-यादव चौलागाईं बकैया, १५ फागुन । आदिवासी जनजाती समुदायमा पर्ने माझीहरुले आज विशेष कार्यक्रम गरि मकवानपुरको बकैयामालदी पर्व मनाएका छन् । माझी उत्थान मञ्च मकवानपुरको आयोजनामा माझीहरुको माझीहरुको राष्ट्रिय पर्व लदि मनाएका हुन् । माझी जातिले मनाउने यस पर्वलाई कोशी पुजा पनि भन्ने गरिन्छ । खोलाको किनार तथा माछा...
हेटौँडा अस्पताल विकासमा मुख्यमन्त्रीको चासो, स्वास्थ्यकर्मी गाउँ जान नमानेको आरोप
मकवानपुर, १५ फागुन । लामो समयदेखि सुधारको पर्खाईमा रहेको हेटौँडा अस्पतालको स्तरोन्नत्ति गर्ने बारे प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले चासो देखाएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आज हेटौँडामामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले हेटौँडा अस्पताललाई स्तोरन्नत्ति गर्नको लागि आफुले पहल गर्ने बताएका हुन् । उनले मकवानपुरको...
मकवानपुर प्रहरीले १० जना स्थानीय पक्रेपछि काँग्रेसको विरोध
मकवानपुर, १५ फागुन । मकवानपुर प्रहरीले बिनाकारण मकवानपुरगढी गाउँपालिकाका १० जना स्थानीयलाई पक्रेर जिल्ला प्रहरी कार्यालयमा थुनेर राखेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ संयुक्त वडा समितिले घटनाको बिरोध गरेको हो । समितिका...
मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिमा थप दुई एमाले नेता चयन
मकवानपुर, १५ फागुन । मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिमा थप दुई एमाले नेता चयन भएका छन् । क्याम्पसको उपाध्यक्षमा संविधानसभाका पुर्व सांसद अनन्त पौडेल र सेवा समिति संयोजकमा पूर्व सभासद तथा निर्वाचनका समयमा नयाँ शक्तिबाट एमालेमा प्रवेश गरेका प्रल्हाद लामिछाने चयन भएका हुन् । आज भएको क्याम्पस समितिको बैठकले...










