यसरी हुँदैछ अब कर्मचारी समायाेजन, सरकारले पारित गर्याे समायोजन नियमावली–२०७४

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ०६:२७

काठमाडाैं, सरकारले कर्मचारी समायोजन नियमावली–२०७४ पारित गरेकाे छ ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सामान्य प्रशासन मन्त्रालयले तयार पारेको कर्मचारी समायोजन नियमावली–२०७४ को मस्यौदा लामो समयपछि यही फागुन २८ गते बसेको मन्त्रिपरिषदबाट पारित भएको हो ।

देशभर रहेका ८६ हजार बढी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी ल्याइएको कर्मचारी समायोजन ऐनलाई कार्यान्वयनमा ल्याउन ल्याइएको नियमावली पछि संघ, स्थानीय तह तथा प्रदेशमा कर्मचारी खटनपटनमा देखिएको समस्याको गाँठो फुकाउन सहज हुनेछ ।

सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले आवश्यकताअनुशार संघ, प्रदेश वा स्थानीय तहमध्ये कुनै तहको छुट्टाछुट्टै वा एकीकृत प्रतिवेदन नेपाल सरकारलाई पेश गरेपछि प्रक्रिया अगाडी बढ्ने भएपनि कुनै निकायको संगठन संरचना तथा दरबन्दी तत्काल निर्धारण गर्न आवश्यक भएमा अन्तरिम प्रतिबेदन पेश गर्न सक्ने उल्लेख छ ।

विश्वस्त स्रोतका अनुशार समितिले एक हप्ताभित्रै अन्तरिम प्रतिवेदन बुझाउने गरी काम अगाडि बढाइएको जनाइको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*