स्थानीय तहले समन्वय नगरेकामा शिक्षक महासंघको ध्यानाकर्षण

तु खबर संवाददाता
२०७४ फाल्गुन ३०, बुधबार २०:१५

काठमाण्डौ, ३० फागुन । नेपाल शिक्षक महासंघले प्रादेशिक कानून जारी नभएसम्म स्थानीय तहलाई विद्यालय शिक्षामा आफूखुशी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ ।

महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको आज पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष बाबुराम थापाले विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष आफूहरु भएकाले ट्रेड युनियन अधिकार हनन् हुने वा शैक्षिक गुणस्तरमा प्रभाव पार्ने स्थानीय तहको निर्णय उचित नहुने बताउनुभयो ।

कतिपय स्थानीय तहले शिक्षक नियुक्ति, सरुवा र विद्यालय व्यवस्थापन समिति गठन÷विघटन गरेकामा महासंघको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।
महाधिवेशनले शिक्षामा २० प्रतिशत बजेट विनियोजन, स्थायीरुपमा उच्चस्तरीय शिक्षा आयोग गठनलगायत ११ बुँदे काठमाडौँ घोषणापत्रसमेत जारी गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष केशव निरौलाले नवनिर्वाचित अध्यक्ष थापालाई पद हस्तान्तरण गर्नुभएको थियो ।

यही फागुन २५ देखि २८ गतेसम्म भएको महाधिवेशनले आबद्ध विभिन्न १४ घटकको सहमतिका आधारमा थापाको अध्यक्षतामा ६१ केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*