पदमै नरहेका प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिको सपथ गराइयो
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएलगत्तै नवनिर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई सपथ खुवाएका छन् । आज भएको एक कार्यक्रममा पदमुक्त भएका पराजुलीले राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई सपथ खुवाएका हुन् ।
आज राष्ट्रपति विद्यादेवि भण्डारीको सपथग्रहण कार्यक्रममा जाँदै गर्दा न्यायपरिषद्ले पदमा नरहेको व्यहोराको पत्र पराजुलीलाई दिएको हो ।
परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेको पत्रमा पराजुली उमेर हदका कारण पदमुक्त भएको उल्लेख छ ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री तथा सभामुख उपस्थित छन् । पदमै नरहेको व्यक्तिले खुवाएको सपथ कसरी संवैधानिक हुन सक्छ, अब यो विषयले केही दिन राजनीति तात्ने देखिएको छ ।
