समाचार

नगरको मुटुमै रहेको शौचालयले खुला दिशामुक्त क्षेत्र मकवानपुरको नाकै काट्ने भो नि, मेयर साहेब – भिडियो समेत

मकवानपुर १० चैत । हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर ४ मा रहेको हुप्रचौरमा सबेरैदेखि मानिसहरु मार्निङवाक गर्छन् । खेलाडीहरु नियमित खेल खेल्छन् । युवादेखि वृद्धवृद्धासम्मको टहलिने, यसो हावा खाने खुला मैदान हुप्रचौरको शौचालय देख्दा उदेक लाग्छ । हुप्रचौरको शौचालयको यो हरिबिजोग हुँदा पनि सरोकारवालाले यसलाई सुधार गर्न कुनै चासो देखाएका...

मोदी सरकारलाई ४३ पत्र लेखेँ, तर कुनै पत्रको पनि जवाफ आएन भन्दै अन्ना हजारेले सुरु गरे अनसन

काठमाडौँ । समाजसेवी अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई वितेको चार बर्षमा ४३ पटक पत्राचार गरेपनि सो मध्ये एउटा पनि पत्रको जवाफ नपाएको बताएका छन् । यसो भन्दै उनले भारतको रामलिला मैदानमा अनसन पनि सुरु गरेका छन् । सात बर्ष पहिले भ्रष्टाचारलाई राक्नु पर्ने माग गर्दै उनी यहि...

चारा घोटालामा लालु यादवलाई सात बर्ष कैद फैसला

काठमाडौँ । चारा घोटाला आरोपमा लालु प्रसाद यादवलाई राँचीको सिबीआई कोर्टले ७ बर्षको सजाय सुनाएको छ । तर, अहिलेसम्म कोर्टको आदेशको कुनै कपी नआएको आजतकले लेखेको छ । यादवका अधिवक्ता प्रभात कुमारको भनाइलाई उदृत गर्दै आइपीसी र पीसीको धारा अनुसार सात सात बर्षको सजाय भएको आजतकको समाचारमा छ ।...

मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् । ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष समारोहमा आज आयोजित कार्यक्रममा उनले भने “सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज...

चैत ११ गते पूर्वी नेपालका ५ जिल्ला बन्द

नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो । प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण...

क्षयरोगका कारण नेपालमा प्रत्येक वर्ष ६ हजार ५ सय मर्छन्

मकवानपुर । नेपालमा हरेक वर्ष ४५ हजार क्षयरोगका विरामी देखा पर्ने गरेका छन् । आज यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । विश्व स्वास्थ्य संगठनको हवाला दिँदै बताइएको तथ्याङ्क अनुसार, प्रत्येक वर्ष ६ हजार ५ सय क्षयरोगका विरामीको मृत्यु हुने गरेको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य...

वडाअध्यक्षलाई उपमेयरको ‘रामधुलाई’

मनोज भुजेल इटहरी–सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन । उपमेयरलाई स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजकको समेत जिम्मेवारी हुन्छ । तर, उपमेयर साहले दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफै कुटपिट गरिन् । घटना हिजोको हो । ५ नम्बर वडामा रहेको सरस्वती...

जिल्ला समन्वय समितिद्वारा नदिजन्य पदार्थ उत्खननमा रोक , के उल्लेख छ विज्ञप्तीमा ?

मकवानपुर । जिल्ला समन्वय समिती मकवानपुरले नदिजन्य पर्दाथ अनाधिकृत रुपमा उत्खनन् गर्न दिएको भन्ने समाचार मकवानपुरका संचारमाध्यममा प्रकाशन भएको भन्दै हिजो सुक्रवार जिल्ला समन्वय समिती मकवानपुरले प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार अनुगमन र प्रतिवेदन प्राप्त नहुन्जेल हाल नदिजन्य पदार्थ उत्खनन्को कार्य हालको लागि स्थगन गरीएको...

वातावरण प्रदुषण बढ्दै, छुट्याईएको बजेट यसरी फ्रिज हुँदै

काठमाण्डौं १० चैत । वातावरण मन्त्रालयले उपयुक्त योजना बनाउन नसकेकैै कारण बन तथा वातावरण प्रदुषण नियन्त्रणका लागि नेपाल आयल निगमले दिने रकम फ्रिज हुने गरेको छ । १० बर्षको अवधिमा स्पष्ट कार्यक्रम ल्याउन नसक्दा करीब ४ अर्ब रकम फ्रिज भएको छ । वातावरण प्रदुषण भने दिनानुदिन बढ्दो क्रममा छ...

देवी घर्ती र इस्लाम मियाँको फेरी आयो अर्को मार्मिक गीत ‘मसानघाट’ सार्वजनिक ! (भिडियो सहित)

काठमाडौँ ।  नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा गोरखा चौतारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इस्लाम मियाँको लोकदोहोरी गीत मसानधाट बजारमा आएको छ । गीतमा इस्लाम मियाँ र...