अटेरी कर्मचारीमाथि मुख्यमन्त्री पौडेलको आक्रोश–‘संघीयतामाथि ठाडो चुनौति दिँदै फेल गर्ने षड्यन्त्र’

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १६:३७

काठमाडौँ, १८ चैत । कार्य क्षेत्र तोकिसक्दा पनि अटेर गरेर जता सजिलो त्यतै बस्ने कर्मचारीहरुमागिथ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आक्रोश पोखेका छन् । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिल्यानास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुले संघियतालाई आत्मासाथ गर्नै नसकेको बताए ।

कर्मचारीतन्त्रको जालो बिछिएका कारण स्थानीय सरकारले सोच अनुरुप र जनताले महशुस गर्न सक्ने गरि काम गर्न नसकेको उनले बताए । स्थानीय र प्रदेश तहका अधिकारलाई कटौति गर्दै स्थानीय तहलाई नै फेल गराएर सिंहदरबार केन्द्रीत अधिकार सम्पन्न हुने भ्रममा कर्मचारी रहेको उनको भनाइ छ । उनले मुलुकमा भ्रष्टाचारको जालो रहेको र कर्मचारीको सहयोग नभएमा भ्रष्टाचारको जालो तोड्न नसकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*