मरेपछि पनि करोडौँ कमाउनेहरुको कथा

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १४:०५

एजेन्सी, १८ चैत । शिर्षक सुन्नेबित्तिकै अचम्म मान्नुपर्ने दिन अब गइसकेको छ । किन कि यो विश्वका केही देशमा सम्भव भइसकेको कुरा हो, जसलाई प्रविधिले सहज बनाई दिएको छ । मरेपछि मान्छेको सबैकुरा सकिन्छ । खाली हात आएको हुन्छौ खाली हात जानुपर्छ । जे जति भोग गर्ने हो, त्यो बाँचुञ्जेल नै गर्ने हो । त्यसैले मरेपछि न तेरो, न मेरो । हामी मर्नुभन्दा अघि नै रोगले थला पर्छौँ । थला पर्नुभन्दा अगाडि नै कमजोर हुन्छौं । कमजोर भएपछि काम गर्न सक्दैनौ । हाम्रो कमाई हुँदैन । अरुको भरमा बाँच्नुपर्छ ।

तर विश्वमा यस्ता व्यक्तिहरु पनि रहे, जसले मृत्युपछि समेत पैसा कमाइरहेका छन् । उनीहरुको कमाई पनि चानचुने होइन । बर्षकै करोडौं रुपैयाँ कमाई हुन्छ । उनीहरु मरेको बर्षौँ भयो तर उनीहरुको आम्दानी अझै रोकिएको छैन । यसरी मृत्युपछि पनि कमाई गरिरहने विश्वप्रशिद्ध व्यक्तिहरु हरुको यहाँ चर्चा गरिएको छ, जो मरेर वर्षौँ भइसक्यो तर उनीहरुको कृति तथा रचनाको रोयल्टी अहिले पनि निरन्तर आउने गर्छ । जुन रोयल्टी करोडौँ रुपैयाँको छ ।
–अर्नाल्ड पाल्मर
अर्नाल् पाल्मरलाई गल्फ किङ भनिन्थ्यो । उनले आफ्नो जीवनमा अधिक पैसा कमाए । उनको मृत्यु ८७ बर्षमा भयो । उनको मृत्यूपछि पनि अचम्मलाग्दो त के छ भने, मरेपछि पनि उनको महिनाको कमाई चार करोड डलर रहेको छ । जसलाई पत्याउन मुस्किल परे पनि त्यो साँचो हो ।
–माइकल ज्याक्सन
विश्व चर्चित पपस्टार माइकल ज्याक्सनलाई नचिन्ने सायदै होलान् । उनको अप्रत्यासित मृत्यु भयो । तर, मृत्युपछि पनि उनी बेजोड कमाई गरिरहेका छन् । माइकलले वार्षिक आठ सय करोड भन्दा बढी रुपैयाँ कमाउँदै आएका छन् ।
–चाल्र्स शुल्ज
चाल्र्स शुल्ज आफ्नो जमानाका सर्वाधिक चर्चित कार्टुनिस्ट थिए । उनको मृत्यु सन् २००० मा भयो । तर, उनको कमाईको सिलसिला अहिले पनि जारी छ । उनले वार्षिक करिब पाँच सय करोड रुपैयाँ कमाइ गर्ने गरेका छन् ।
–एल्भिस प्रेस्ले
एल्भिस प्रेस्लेलाई रक संगीतको दुनियामा प्रिन्स मानिन्छ । एल्भिसले आफ्नो जीवनमा धेरै ख्याती कमाए । उनको मृत्यु सन् १९७७ मा भयो । तर, अहिले पनि कमाइ गरिरहेका छन् । उनको बार्षिक कमाई दुई सय करोड हाराहारीमा छ ।
–अल्बर्ट आइस्टाइन
अल्बर्ट आइस्टाइनलाई नचिन्ने त सायदै होलान् । उनलाई बिज्ञनका पिता पनि भनिन्छ । उनको मृत्यु बर्षौँ अघि भएको हो । तर, उनको अहिले पनि कमाई हुन्छ, बर्षमा सय करोड रुपैयाँभन्दा बढी उनको कमाई हुने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
–एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*