आगलागीमा १९ लाखको क्षति

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १३:०१

काठमाडौँ, १८ चैत । मुलुकका दुई स्थानमा भएको आगलागीमा परि १९ लाख भन्दा बढीको क्षति भएको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–१० पाईप लाईन बस्ने जयराम भैनाटोले टहरो बनाई सञ्चालन गरेको फर्निचरमा शनिबार कोही नभएकोमा अवस्थामा आगलागी हुदाँ फर्निचर भित्र रहेको काठपात, मेशिन, तयारी फर्निचर, जेनेटर, नगद २५ हजार रुपैयाँ, सुन डेढ तोला सहित करिव १३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान बस्ने पेम्बा लामाको जस्ताले छाएको कच्ची दुईतले घरमा शनिबार बिद्युत सर्ट भई आगलागी हुदाँ नगद १ लाख रुपैयाँ, खाद्यान्न, लत्ताकपडा समेत गरी करीव ६ लाख रुपैया बराबरका धनमाल जलेर क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*