हेटौँडामा ३० जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १६:५६

हेटौँडा, १८ चैत । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौडामा ३० जनाले रक्तदान गरेका छन् । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ८ जना महिला र २२ पूरुष गरी ३० जनाले रक्तदान गरेका थिए । चैत्र २० गते मनाउने राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम राखिएको संघका अध्यक्ष रामहरी न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*