समाचार
प्रदेशसभा बैठक चैत १३ गते बस्ने
मकवानपुर । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक यही चैत १३ गते हेटौंडामा बस्ने भएको छ । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १३ गते बस्ने भएको हो । चैत १२ गते दलसँगको बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।...
मुख्यमन्त्री पौडेल हेटौंडा अस्पताल पुग्दा …
मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज शुक्रबार हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । हेटौंडा अस्पताल दिनहुँ विग्रदो अवस्थामा रहेको जनगुनासो बढेका बेला मूख्यमन्त्री पौडेलले अस्पतालको निरीक्षण गरेका हुन् । त्यस अवसरमा उनले हेटौंडा अस्पतालको भौतिक तथा अन्य प्राविधिक विकासमा सक्दो काम गर्ने प्रतिवद्धता जनाएका छन् ।...
मालपोतको सिस्टम : जग्गा कारोबारीलाई मस्ती, सर्वसाधारणलाई सास्ती
मकवानपुर । मालपोत कार्यालय मकवानपुरमा सेवाग्राहीलाई च्यानल गेट बाहिरै राखेर झंझट दिने मालपोतका अधिकृतहरु जग्गा कारोबारीलाई भने हार्दिकतापूर्वक भित्रै राखेर भटाभट काम गरिरहेका भेटिन्छन् । जग्गाका कारोबार गर्नेहरुलाई सो कार्यालयका सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत सुवोध खनालले भित्रै आउनुहोस् न भन्दै सोफामा राखेर चिया मगाउँछन् । बाहिर लाइनमा घण्टौ...
चैत्र २८ भित्रै चीन भ्रमण गर्ने प्रम ओलीको तयारी
काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २८ गतेभित्रैमा चीन भ्रमण गर्ने तयारी सुरु गरेका छन् । भर्खरै मात्र मन्त्रिपरिषद विस्तार गरेका ओलीको दुई छिमेकी देश भारत र चीनको भ्रमण एकैसाथ अघि बढाइएको छ । एउटै मितिमा भारत र चीन भ्रमणको तयारी अघि बढेपछि परराष्ट्र मन्त्रालयमा...
मकवानपुरका उमेशको चेन्नईमा रेलबाट झरेर मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मकरीका उमेश खड्काको चेन्नईनजिकै एन्नोर भन्ने ठाउँमा दौडिरहेको रेलबाट झरेर मृत्यु भएको छ । बुधबार भारतको रक्सौलबाट मिथिला एक्सप्रेसमा चेन्नई तर्फ जाँदै गर्दा दौडिरहेको रेलबाट झरेर उमेशको मृत्यु भएको थियो । उमेशका ठूलोबुबाका छोरा गणेश खड्काले घटनाको पुष्टि गरेका छन् । मृतकको आजै...
ताप्लेजुङमा भीषण अागलागी, क्षतिको विवरण आउन बाँकी
गर्मी चढ्दै गएसँगै अागलागीका समाचार अाउन थालेका छन् । ताप्लेजुङकाे फुङलिङ नगरपालिकाकाे एक हाेटलमा अाज अागलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको हेलिप्याडमा रहेको ‘होटल इको भ्यू पोइन्ट’मा आगलागी भएकाे हाे । आगलागीका कारण होटलसँगै सञ्चालनमा रहेको रेष्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । तर,...
जहाज दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि मृत्यु
काठमाडौं ९ चैत । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको...
सिमरामा ट्रिपरको ठक्करबाट मनहरीका लामाको मृत्यु
बारा / बाराको सिमरामा ट्रिपरको ठक्करबाट एक जना मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको मनहरी घर भएका बर्ष २५ का लक्ष्मण लामाको टिपरको ठक्करले मृत्यु भएको हो । पथलैयाबाट सिमरातिर गइरहेको ना १९ प ३८४१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आइरहेको ना ७ ख २३३९ नम्बरको ट्रिपरले ठक्कर...
भर्खरै : लहानकाे सुनचाँदी पसलमा वम विस्फोट
सिरहाको लहानमा वम विष्फोट भएको छ । लहान प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार लहान नगरपालिका वडा नम्बर ७ स्थित विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको छ । घटनास्थलतर्फ प्रहरी गइरहेको लहान प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टयांकरमा घर लगिदिने भन्दै चालकले गरे किशोरीमाथि बलात्कार
तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको...










