समाचार

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।...

दीपा र दीपकको हत्यारा अहिलेसम्म पक्राउ परेनन्, प्रहरी भन्छ : नजिक छौँ : कति नजिक हो ? – एसपी साहेब

बारा । बाराको बजिनीमा दुई दम्पतीको हत्या भएको महिनौ बितिसक्दा पनि हत्यारा पत्ता लगाउन प्रहरी असफल भइरहेको छ । गएको मंसिर १५ गते राति घरमै सुतिरहेको अवस्थामा हत्या गरिएका दीपक सुवेदी र उनकी पत्नी दीपाको हत्यामा प्रहरीले अनुसन्धान तिव्र बनाइरहेको दावी गरिएपनि खासमा प्रहरीको अनुुसन्धान अहिलेसम्म उपलब्धी शून्य देखिएको...

गाई काट्ने अभियोग लागेकालाई छोड्न ३ नम्बर प्रदेश उपसभामुख राधिका तामाङको दबाब गृहमन्त्रीले मानेनन्

मकवानपुर । मकवानपुरका तामाङ समुदायका केही व्यक्ति गाई काटेर खाएको अभियोगमा थुनामा परेपछि उनीहरुलाई छुटाउन प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिने काठमाडौँ पुगेपछि मन्त्री थापाले उनीहरुलाई नेपालको प्रचलित कानून अनुसार छोड्न नसकिने जवाफ दिएका छन् । स्रोतका अनुसार, हाल नेपालमा प्रचलनमा रहेको...

सिमरा महोत्सवमा हेलिकप्टर ल्याइदैँ, पर्यटकीय क्षेत्र र औद्योगिक करिडोर देखाइने

बाराको सिमरामा यही चैत्र ९ गतेदेखि १९ गतेसम्म हुन गईरहेको प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा हेलिकप्टर आउने भएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा हेलिकप्टरमार्फत बारा जिल्लाका बिभिन्न पर्यटकिय स्थल घुम्न सकिने आयोजकले जनाएको छ । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा...

जिल्ला प्रशासन मकवानपुरमा भित्र खाली , बाहिर अस्तव्यस्त सवारी पार्किङ (भिडियो सहित)

बलराम पुडासैनी मकवानपुर, ९ चैत । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यालय अगाडि सडकमा सवारी पार्किङ अस्तव्यस्त रुपमा भइरहेको छ । सडकनै अबरुद्ध हुने गरी सवारी पार्किङ हुँदा समेत त्यसको व्यवस्थापनमा भने सिडिओको ध्यान गएको छैन् । सिडिओ कार्यालय परिसरमै पर्याप्त ठाउँ भएपनि नियमनकारी निकायका प्रमुखले नै गेटमा ताला लगाएर...

चमत्कारिक सन्दीपकाे यसरी खुल्याे भाग्य, अार्इपिएलमा पाए १ नम्बरकै जर्सी

काठमाडाैं / आईपिएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दीप लामिछानेको जर्सी सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गरे । दिल्ली डेडरडेभिल्समा सन्दीपले एक नम्बरको जर्सी लगाउनेछन् । यो उनी आफैंले रोजेको नम्बर हो । आईपिएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले...

पदमपोखरी गाई काण्ड : उपसभामुख राधिका तामाङ सहितको टोली गृहमन्त्रालयमा

चन्द्र घलान मकवानपुर, ९ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा मरेको गाई काटेर खाएको विषयले राष्ट्रिय बहसको रुप लिएको छ । गाई काटे झुटो आरोपममा प्रहरीले स्थानीयलाई धमाधम पक्राउ गर्ने र बिचौलियाहरुले समेत लाखाँै रकम मागेर मानसिक तनाव दिन थालेपछि तु खबर डटकमले पहिलो पटक समाचार...

लागुऔषध सहित ४ जना पक्राउ

काठमाडौँ, ८ चैत । मुलुकका विभिन्न स्थानहरुमा ४ जना युवाहरु लागुऔषध सहित पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गहुँबारीमा शंकास्पद अवस्थामा हिँडिरहेका रुकुम वाफीकोट गाउँपालिका–७ बस्ने ४० वर्षीय रुद्रबहादुर जैसीलाई ७ सय ७५ ग्राम कालो अफिम, १ थान मोबाइल, १ थान मतदाता परिचयपत्र, नगद नेपाली रुपैयाँ २...

युवाहरुलाई ठगी गर्ने दलाल विभागमै थुनिए

काठमाडौँ । श्रम मन्त्री गोकर्ण विष्टले खराब नियतका कर्मचारीमाथि हाजिरी रोकेकै दिन सेवाग्राहीले वैदेशिक रोजगार बिभागमै दलाललाई थुनेका छन् । राम्रो तलबसहित कुबेत पठाउने भन्दै नेपाली युवासँग रकम अशुल गर्ने म्यानपावर व्यवसायीलाई सेवाग्राही युवाहरुले सोही कार्यालयमा थुनेका हुन् । बैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगरमा राम सिंहलाई युवाहरुले थुनेपछि घटना...

विदेशमा बस्ने नेपालीलाई पनि मतदान गर्न दिनू : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई मतदान गर्न सक्ने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता प्रेमचन्द्र राईले २०७४ बैशाखमा दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउनु पर्ने भनी अधिवक्ता राईले दायर...