कानून निर्माणमा जुटेका छौँ : सभामुख श्रेष्ठ

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १९:३८
सभामुख सानु श्रेष्ठ

मकवानपुर / तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले अहिले यस प्रदेशको संसद कानुन निर्माणमा जुटेको बताएका छन् । नेपाल आदीबासी जनजाति पत्रकार महासंघ मकवानपुरको चौथो जिल्ला अधिबेशनको हेटौंडामा उध्घाटन् गर्दै श्रेष्टले मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानका लागि पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । मुलुकलाई अगाढी बढाउनका लागि संचारकर्मीहरुले सकारात्मक समाचारमा जोड दिनुपर्ने उनको भनाई छ । संघियता भनेको केन्द्रका अधिकार तल जनता सम्म पु¥याउननै भएको बताउँदे उनले भने –संघियतामा सबैका अधिकार सुनिस्चित हुनेगरी काम गरिनुपर्छ ।’

मुलुकमा शुशाषन कायम गर्दै अहिले भईसकेको परिबर्तनलाई संस्थागत गरिनुपर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले सरकारी जागिरमा जस्तो पत्रकारीता क्षेत्रमा आरक्षण नहुने भएकाले कृयासिल पत्रकारका लागि यसक्षेत्रमा धेरै अबसर रहेको बताए । पत्रकार महासंघ संग आबद्ध रहेका एक दर्जन संघसंस्थामा पनि कृयासिल पत्रकारहरुलाई राखेर काम गर्दा महासंघ अझै बलियो हुने उनले बताए । कार्यक्रममा जनजाती महासंघ मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर, प्रेश सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया बिष्ट, नेपाल तामाङ घेदुङसंघका अध्यक्ष लिलाकुमार घलान, फोनीजका कुमार नेगी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष पुर्णिमा गोलेको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*