विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सचिवालय सदस्यले पार्टी परित्याग गरे

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १९:४२

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सचिवालय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् ।

हाल जिल्ला सचिवालय सदस्य रहेका रामशरण कार्की र शिवप्रसाद पौडेलले शनिबार संयुक्त विज्ञप्ति प्रकाशन गरी घरायसी समस्या, रोजगारी र जीविकोपार्जनका आवश्यकताले राजनीतिमा समय दिन नसकेको कारण जनाउँदै पार्टी परित्याग गरिएको जनाएका हुन् ।

देश र जनतालाई सर्वोपरि ठान्दै जोश र जाँगरका साथ काम गर्ने हौसला हुँदा पनि पार्टीलाई समय दिन नसकेको उनीहरुले जनाएका छन् । उनीहरुले शनिबारदेखि नै आफूहरु कुनै पनि राजनीतिक दलमा नरही स्वतन्त्र रहेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*