समाचार

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू

मोरङ, १५ चैत । मोरङको उर्लाबारी नगरपालिका–८ अमरचोक स्थित उर्लाबारी राजघाट भित्री सडक खण्डमा ना.४ ख ८३५७ नम्बरको ट्रकले मे.९ प ७६१७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालकको मृत्यू भएको छ । दुर्घटनामा रतुवामाई नगरपालिका–४ झुर्कीया बस्ने २५ बर्षीय सन्तोष ठाकुर र झापा बिर्तामोड नगरपालिका–८ बस्ने २२...

जुवा खेल्ने ७ जना पक्राउ

ललितपुर, १५ चैत । ललितपुर महानगरपालिका–१८ बिनायक कलोनी डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका–६ घर भएका २० बर्षीय लिला बहादुर तामाङको कोठामा जुवातास खेलिरहेका तामाङ सहित ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३४ हजार २ सय रुपैयाँ र १ बुक तास सहित समेत फेला...

राक्सिराङबाट एक युवक पक्राउ, नेवारपानीमा फरार

मकवानपुर, १५ चैत । राक्सिराङ–२ बस्ने ४२ बर्षीय राजकुमार मोक्तानलाई प्रहरीले अवैध लागूऔषध गाँजा ८० किलो सहित पक्राउ गरेको छ । मोक्तान सहितका ४–५ जनाले मनहरी गाउँपालिका–९ जयसिङ स्थित पूर्व–पश्चिम राजमार्गमा गाँजा ल्याउँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट विहीबार खटिएको प्रहरी टोलीले ४ वटा बोरामा रहेको...

संघीय संसदमा राष्ट्रपति भण्डारीले आज सम्बोधन गर्ने

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । मन्त्रिपरिषदको यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेको बताइएको छ ।...

दक्षिणकालीमा बस दुर्घटना २ को मृत्यु, २ दर्जन घाईते

काठमाडौँ, १५ चैत । काठमाडौँको दक्षिणकालीमा बिहीबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा २ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका छन् । प्रहरीले अहिलेसम्म २ जनाको ज्यान गएको र २९ भन्दा बढी घाईते भएको जानकारी दिएको छ । तर मृत्यू हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घाईते...

हेटौँडाबाट राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि मकवानपुरमा आक्रोश, मुख्यमन्त्री पौडेलमाथि नै प्रश्न ?

मकवानपुर, १५ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडाबाट काभ्रेमा सार्नुपर्छ भन्दै सांसद चन्द्रबहादुर लामाले हिजो प्रदेशसभा सचिवालय हेटौँडामा लिखित प्रस्ताव दर्ता गरेपछि मकवानपुरे जनताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । कतिपय संचारकर्मीहरुले मुख्यमन्त्री डोरमणि पौडेलले पदसँग राजधानी सारेको भन्ने हल्लाको वास्तविकताबारे पनि प्रश्न उठाएका छन् ।...

थाहा नगरको मनि ट्रान्सफरबाट लाखौँ चोरीको आरोपमा एक जना पक्राउ

मकवानपुर, १४ चैत । मकवानपुरको थाहा नगरपालिकामा रहेको मनि ट्रान्सफरबाट लाखौँ चोरेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । थाहा नगरपालिका वडा नम्बर ९ मा भएको चित्लाङ मनि ट्रान्सफरबाट ७ लाख ६० हजार चोरी गरेको आरोपमा सोही वडामा बस्ने ५२ वर्षीय पदमबहादुर पोडे भन्ने ज्ञानबहादुर पोडेलाई प्रहरीले...

मोटरसाईकलको लेगार्डमा अफिम लुकाएको आरोपमा मकवानपुरका युवक पक्राउ

मकवानपुर, १४ चैत । मोटरसाईकलको लेगार्डमा अफिम लुकाएको आरोपमा मकवानपुरको मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ७ शिविर भन्ने स्थानमा बस्ने २९ वर्षीय गणेश लामा तामालङलाई पक्राउ गरेको हो । बुधबार बिहान करिब साढे २ बजेको समयमा उनले आफ्नै घरको आँगनमा...

ह्वात्तै बढ्यो मुख्यमन्त्री राउतको व्यस्तता

महेन्द्रनगर १४ चैत । प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय...

मकवानपुरमा ससुराको हत्यामा संलग्न बुहारी सहित २ जना पक्राउ

मकवानपुर, १४ चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक ५६ वर्षीय वृद्धलाई उनकै बुहारी र नातिनीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको खुलेको छ । चैत १२ गते राति बकैया७ हर्दामा बस्ने वर्ष ५६ को सुर्य बहादुर स्याङतानलाई उनकै बुहारी ५६ वर्षीया ठुलीमाया स्याङ्तान र नातिनी १४ वर्षीया मनिता स्याङ्तानले...