हाँडीखोलामा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम
मकवानपुर, २२ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित धनेश्वरी महादेव जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा महिला तथा बालबालिका कार्यालय मकवानपुर र यातना पिडीत सरोकार केन्द्र नेपाल बासबारी काठमाडाँैको सहयोगमा मनहरीवासीका लागि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई मनोसामाजिक समस्याका कारण, मनोसामाजिक समस्याका सामान्य लक्षणहरु त्था निराकरणका उपायहरुका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मानबहादुर स्याङ्तानको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका कार्यालय प्रमुख विष्णुकुमारी लामिछानेको विशेष आतिथ्यता रहेको थियो ।
